Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जसपाले सधै सर्मथन मात्रै होइन अब नेतृत्व गर्छ : यादव

जसपाले सधै सर्मथन मात्रै होइन अब नेतृत्व गर्छ : यादव

  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 1.4K
    SHARES

  • जसपाले सधै सर्मथन मात्रै होइन अब नेतृत्व गर्छ : यादव

    काठमाडौं । जनता समाजवादी पार्टी जसपाका शीर्ष नेता राजकिशोर यादवले पहिले आफ्नो पार्टीका मागहरु पूरा गरेपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्मथन गर्ने स्पष्ट पार्नुभएको छ ।

    ओलीले विगतका दिनमा पनि आश्वासन दिएर पूरा नगरेको टिप्पणी गर्दै सत्ता समिकरण जसपाका माग सम्बोधन भएपछि मात्र सम्भव रहेको उहाँले उल्लेख गर्नुभयो ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भन्नुभयोे,“विगतका दिनमा पनि माग पूरा गछौँ भनेर आश्वासन पाएका थियौं तर ती आश्वासन पूरा भएन, अब पहिले जसपा पार्टीका मागहरु पूरा गर्नुपर्छ त्यसपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीजीलाई समर्थन गर्ने पार्टीको राणनीति छ ।”

    नेता यादवले वैकल्पिक राजनीतिक आजको आवश्यक्ता भएको उल्लेख गर्दै जसपा नेतृत्वको जिम्मेवारी ग्रहण गर्न तयार रहेको दावी गर्नुभएको छ । जसपाले सधै सर्मथन मात्रै नभएर अब नेतृत्व पनि गर्ने उहाँले उल्लेख गर्नुभयो ।


    शुक्रवार, फाल्गुण २८ २०७७०६:४४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij