Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

राजनीतिक परिवर्तनमाथि हमला भईरहेको प्रचण्डको भनाइ

राजनीतिक परिवर्तनमाथि हमला भईरहेको प्रचण्डको भनाइ

  • बिहिवार, फाल्गुण २७ २०७७

  • 994
    SHARES

  • राजनीतिक  परिवर्तनमाथि हमला भईरहेको प्रचण्डको भनाइ

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तनमाथि हमला भइरहेको बताउनु भएको छ ।

    आज नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाले भन्नु भयो, ठूल्ठूला षडयन्त्र भइराखेका छन् । तपाईं हामीले तपस्या र बलिदान गरेर ल्याएको राजनीतिक परिवर्तनमाथि हमला भइ राखेको छ ।’

    त्यसकारण सजग भएर फेरि आफ्नै खुट्टामा उभिनुपर्ने अवस्था आएको प्रचण्डको भनाइ छ । विगतमा विभिन्न राजनीतिक पार्टीसँग सहकार्य गर्दा धरातल कमजोर भएको उहाँले बताउनु भएको छ ।

    योसँग मिले होला कि, त्योसँग मिले होला कि भनेर धेरै गरियो । तर आफ्नै धरातल छुट्दा अलिकति कमजोर त भयो प्रचण्डले भन्नुभएको छ ।

    पार्टी निर्माणका लागि फेरि अभियान चलाउने र काठमाडौं भन्दा बाहिर अभियानमा बस्ने सोचमा रहेको प्रचण्डले बताउनु भयो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनपछि षडयन्त्र गरेपछि आफूले त्यसको विरोध गरेको प्रचण्डले बताउनु भयो ।


    बिहिवार, फाल्गुण २७ २०७७०७:३८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij