Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

एमालेमा खनाल र नेपाल समूहको पूर्ववर्ती गुट सक्रिय

एमालेमा खनाल र नेपाल समूहको पूर्ववर्ती गुट सक्रिय

ओलीको गतिविधिप्रति आपत्ति
  • बिहिवार, फाल्गुण २७ २०७७

  • 557
    SHARES

  • एमालेमा खनाल र नेपाल समूहको पूर्ववर्ती गुट सक्रिय

    काठमाडौं । सर्वोच्च अदालतले एमाले पुनःस्थापित गरेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको पूर्ववर्ती गुट सक्रिय भएको छ ।

    झलनाथ–माधवको समूह रणनीति बनाउन हिजो छलफलमा जुटेको थियो । हिजो केन्द्रीय सदस्यहरूसँग छलफल गरेका उनीहरूले आज स्थायी कमिटीसँग पुनः सघन छलफल गरेका छन् ।

    सो समुहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिप्रति आपत्ति जनाएको छ । खनाल र नेपाल निकट स्थायी कमिटी सदस्यहरुको छलफलले ओली पक्षबाट भइरहेको गतिविधिविरुद्ध आपत्ति जनाउँदै बक्तव्य नै जारी गर्ने निर्णय गरेको छ ।


    ‘सर्वोच्च अदालतको फैसला अनुसार एमाले पुनरस्थापित भएको हो । तर, अहिले जस्तो गतिविधि भइरहेको छ, त्यसप्रति आपत्ति छ’, एक स्थायी कमिटी सदस्यले भनेका छन् ।

    उनका अनुसार, पार्टी कार्यालय कब्जा गर्ने र फरक समूहलाई समर्थन गरेकै कारण आक्रमण गर्ने गतिविधिविरुद्ध खनाल र नेपालले बक्तव्य जारी गर्नुहुने भएको छ ।

    अदालतको फैसलापछि सबै एकैपटक एमाले भएकाले कसैले कसैमाथि आरोप नलगाउन पनि खनाल र नेपालले आग्रह गर्ने तयारी गरेका छन् ।

    अदालतको फैसलाको भावना विपरीत अर्थ लगाउने कार्य जारी रहे राजनीतिक प्रतिवाद गर्न तयार हुने पनि छलफलले निष्कर्ष निकालेको छ ।

    खनाल नेपाल समूहले एमाले सरकार बाँकी दुई वर्ष टिकाउन पहल गर्ने र त्यो सरकार वाम गठबन्धनको बनाउन लागि पर्ने निश्कर्ष निकालेको छ ।

    यसअघि यो समूहको केन्द्रीय कमिटी बैठक र सांसदहरुको छलफलले पनि यही निष्कर्ष निकालेको थियो ।


    बिहिवार, फाल्गुण २७ २०७७०६:५८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij