Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बार्सिलोनालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

बार्सिलोनालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

  • बिहिवार, फाल्गुण २७ २०७७

  • 929
    SHARES

  • बार्सिलोनालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

    एजेन्सी । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।

    च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग समग्रमा ५–२ गोलले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो ।

    बार्सिलोनाले बुधबार राति भएको दोस्रो लेगमा पीएसजीसँग १–१ गोलको बराबरी खेलेको थियो । तर, पहिलो लेगमा व्यहोरेको ४–१ गोलको हारको कारण बार्सिलोनाको यात्रा अन्तिम १६ मै टुंगिएको हो ।

    पीएसजी भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको दोस्रो लेगमा पीएसजीले केलियन एमबाप्पेको पेनाल्टी गोलबाट ३१ औं मिनेटमा अग्रता बनाएको थियो ।
    तर, खेलको ३७ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ को बराबरीमा ल्याए ।

    त्यसपछि पहिलो हाफको इन्जुरी समयमा मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन् ।

    एन्टोनियो ग्रीजम्यानलाई पीएसजीका कुर्जावाले फउल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । तर, मेस्सीको पेनाल्टी प्रहार पीएसजीका गोलकिपर नाभासले उत्कृष्ट बचाऊ गरेका थिए ।

    मेस्सीले सन् २०१५ पछि पहिलो पटक च्याम्पियन्स लिगमा पेनाल्टीमा गोल गर्न नसकेका हुन् । यससँगै बार्सिलोना सन् २००६र७ को सिजनपछि पहिलो पटक क्वाटरफाइनलमा पुग्न असफल भएको छ ।


    बिहिवार, फाल्गुण २७ २०७७०८:१६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij