काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ ।
केहीछिनपछि बानेश्वरको एउटा होटलमा केन्द्रीय सदस्यहरुको भेला बोलाइएको एक सदस्यले जानकारी दिए । उहाँका अनुसार पार्टीमा अब कसरी प्रस्तुत हुने भन्ने विषयमा भेलामा छलफल हुने छ ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पुष्पमकल दाहाल प्रचण्डसँग नेपाल समूह छुट्टिएको थियो ।
आज मात्रै संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले पार्टीभित्रको विमतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा विस्तृत रुपमा छलफल गर्ने बताउनुभएको छ । एमाले केन्द्रीय कमिटी बैठक बोलाउनेबारे आफूलाई केही थाहा नभएको उहाँको भनाइ थियो ।