काठमाडौं । आज बिहान बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।
तयारी नपुगेकाले बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।
माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु एमालेमै फर्किने निर्णय गर्नुअघि नै महासचिव पोखरेलले आज बिहान ९ बजे सचिवालय बैठक आह्वान गर्नुभएको थियो ।
नेपाल, खनालसहितका नेताहरु एमालेमै फर्किने निर्णयमा पुगेपछि थप तयारीका लागि भन्दै बैठक स्थगित गरिएको हो ।
समितिमा ईश्वर पोखरेलको नेतृत्वमा दुई उपमहासचिव, पाँच सचिव र कार्यालय सचिव हुन्छन् । उक्त समितिले पार्टीको व्यवस्थापन लगायतका काम गर्छ ।