Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अमेरिकामा कोरोनाविरुद्धको खोप लगाएकाहरु बिना मास्क हिड्न सक्ने

अमेरिकामा कोरोनाविरुद्धको खोप लगाएकाहरु बिना मास्क हिड्न सक्ने

  • मंगलवार, फाल्गुण २५ २०७७

  • 670
    SHARES

  • अमेरिकामा कोरोनाविरुद्धको खोप लगाएकाहरु बिना मास्क हिड्न सक्ने

    एजेन्सी । अमेरिकाले कोरोनाविरुद्धको खोप लगाएका व्यक्ति बिना मास्क हिंड्न सक्ने जनाएको छ ।

    अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सिडिसीले कोरोना खोप लगाइसकेका अमेरिकी नागरिक स्वतन्त्र रुपमा विनामास्क हिँडडुल गर्न सक्ने जनाएको हो ।

    सिडिसीले जारी गरेको मापदण्ड अनुसार खोप लगाइसकेका तथा केही नलगाएका व्यक्तिसँग भेटघाट गर्न तथा सामान्य जनजीवनमा फर्कन सक्ने उल्लेख छ ।

    खोपको दोस्रो मात्रा लगाएको दुई साता पश्चात पूर्णरुपमा सुरक्षित हुने सिडिसीले जनाएको छ । अमेरिकामा हालसम्म तीन करोड अमेरिकीले खोपको पूर्ण मात्रा लिइसकेका छन् ।


    मंगलवार, फाल्गुण २५ २०७७०९:४५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij