काठमाडौं । सर्वाेच्च अदालतको आइतवारको फैसलाबाट नेकपा एमाले ब्यूतिएपछि देशभरका पार्टी कार्यालयबाट ‘नेकपा’ हटाएर नेकपा एमालेका बोर्ड र झण्डा फहराउने अभियान चलेको छ ।
विभिन्न जिल्लामा तत्कालीन नेकपा एमालेको कार्यालय रहेका ‘मदन आश्रिम भवन’मा फेरि एमालेको झण्डा राखिएको छ ।
नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार आजसम्ममा अधिबांश जिल्लामा रहेका पार्टी कार्यालयको साइनबोर्ड फेरिन लागेको छ ।
आजै धुम्बाराहीमा पनि नेकपा एमालेको नाम र साइनबोर्ड राखिने भएको छ ।