Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सिल्भालाई सन् २०२२ मा ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा लड्ने बाटो खुल्यो

सिल्भालाई सन् २०२२ मा ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा लड्ने बाटो खुल्यो

  • मंगलवार, फाल्गुण २५ २०७७

  • 761
    SHARES

  • सिल्भालाई सन् २०२२ मा ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा लड्ने बाटो खुल्यो

    एजेन्सी । ब्राजिलका पूर्वराष्ट्रपति लुला डा सिल्भालाई सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा लड्न बाटो खुलेको छ ।

    भ्रष्टाचारको अभियोगबाट मुक्त भएपछि लुलालाई आगामी निर्वाचनमा लड्ने बाटो खुलेको हो । ब्राजिलको सर्वोच्च अदालतले लुलालाई निर्दोेष सावित गरेको हो ।

    सत्तामा रहँदा पदको अनावश्यक फाइदा उठाइ आर्थिक अपचलन गरेको तथा भ्रष्टाचारमा सम्लग्न रहेको अभियोगमा उनलाई सन् २०१७ मा जेल सजाय सुनाएको थियो । लुलालाई यसअघिको निर्वाचनमा उम्मेदवारी दिनसमेत नदिने आदेश गरिएको थियो ।

    भ्रष्टाचारको आरोप लागेका लुलालाई कारागार चलान गरेकोका लुलाले सर्वोच्चामा पुनरावेदन गरेपछि जेलमुक्त भएका थिए ।

    वकर्स पार्टी पिटीका नेतासमेत रहेका पूर्वराष्ट्रपति लुलाले राजनीतिक पूर्वाग्रहका आधारमा आफुलाई मुद्दा लगाइएको जिकिर गर्दै आएका थिए । उनी सन् २००३ देखि सन् २०१० सम्म ब्राजिलको राष्ट्रपति बन्नेका थिए ।


    मंगलवार, फाल्गुण २५ २०७७०८:३८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij