Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

नेपाल समूह एमालेमै रहेर ‘ओली प्रवृत्ति’विरुद्ध लड्ने

नेपाल समूह एमालेमै रहेर ‘ओली प्रवृत्ति’विरुद्ध लड्ने

  • सोमवार, फाल्गुण २४ २०७७

  • 1.3K
    SHARES

  • नेपाल समूह एमालेमै रहेर ‘ओली प्रवृत्ति’विरुद्ध लड्ने

    काठमाडौँ । सर्वोच्च अदालतले साविकको एमाले र माओवादी केन्द्र ब्यूँताएपछि माधवकुमार नेपाल समूह एमालेमै फर्किने भएको छ। दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक अघि बसेको नेपाल समूहको बैठकले अदालतले गरेको फैसलाअनुसार ब्युँतिएको एमालेमा फर्किने तर अध्यक्ष केपी शर्मा ओलीले लगाएको ह्विप नमान्ने निष्कर्ष निकालेको हो ।

    छलफलमा नेपाल समूहले एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध लड्ने निष्कर्ष निकालेका हुन् । ‘हामी अदालतको आदेशका कारण एउटा विशेष अवस्था आइ परेको छ। हामी एमाले फर्किन्छौं तर ओली प्रवित्तिविरुद्ध लड्छौं। ह्वीप मान्नेवाला छैनौं’, नेपाललाई उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने ।

    एमाले र माओवादी ब्युँताइएको विषयमा भने अदालतको फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णयमा पनि उक्त समूह पुगेको छ। २०७५ जेठ ३ गते एकता भएपछि गठित नेपाल कम्युनिष्ट पार्टी नेकपामा विभाजन देखिएपछि नेता नेपाल समूह पुष्पकमल दाहाल प्रचण्ड समूहमा मिसिएका थिए।


    सोमवार, फाल्गुण २४ २०७७०६:५६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij