Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

यस्तो छ नेकपा अध्यक्ष कट्टेलको राजनीतिक यात्रा !

यस्तो छ नेकपा अध्यक्ष कट्टेलको राजनीतिक यात्रा !

  • सोमवार, फाल्गुण २४ २०७७

  • 2.1K
    SHARES

  • यस्तो छ नेकपा अध्यक्ष कट्टेलको राजनीतिक यात्रा !

    काठमाडौं । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई खारेज गर्दै आइतबार सर्वोच्च अदालतले ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकताको मान्यता दियो । त्यसपछि एकाएक कट्टेलको नाम सर्वत्र चर्चित भयो । नयाँ पुस्ताका अधिकांश नेपालीले उनको नाम पनि सुनेका थिएनन् । कञ्चन भट्टराई अधिकारीले फेसबुकमा लेखिन्, ‘नाम खासै सुनिएको थिएन । स्यानिटाइजर जसरी अचानक नै हाइलाइट हुनेहुनुभयो । कट्टेल काका दिन चाहिँ आउने रैछ !’

    rishi-kattel.jpg

    कञ्चन मात्र होइन नेकपा अध्यक्ष कट्टेल को हुन् भन्ने जिज्ञासा अहिले धेरै नेपालीमा पाइएको छ । अब जानौं उनी को हुन् ?

    ०४७ सालमै एमाले गोरखाको अध्यक्ष भएका कट्टेल पूराना कम्युनिष्ट नेता हुन् । तत्कालीन एमाले महासचिव मदन भण्डारी, जीवराज आश्रित, बाचश्पति देवकोटा र कट्टेल ०५० साल जेठ १ मा पोखराको पार्टीको कार्यक्रममा सँगै गएका थिए ।

    उक्त कार्यक्रम सकेर महासचिव भण्डारी र आश्रितसँगै देवकोटा र कट्टेल तनहुँको आँबुखैरेनीसम्म एउटै गाडीमा आएका थिए । बाचश्पति र कट्टेलको घर गोरखा हो ।

    rishi-kattel-960x495.jpg

    महासचिव भण्डारी र आश्रित भने पार्टीको कार्यक्रममा भाग लिन चितवनतर्फ गएका थिए । सोहीक्रममा ०५० साल जेठ ३ गते दासढुंगामा दुर्घटनामा परी उनीहरुको निधन भएको थियो । जो अझै पनि रहश्यको गर्भमै छ ।

    कट्टेलले कुनै वेला माले र एमालेमा सक्रिय राजनीति गरेका थिए । ०५८ सालमा सिपी मैनाली महासचिव भएको मालेमा उनी नेता थिए । त्यसपछि उनले ०६९ मा नयाँ पार्टी नेकपा गठन गरेका हुन् ।

    पछिल्लो समयमा कट्टेल चार कम्युनिस्ट पार्टी मिलेर बनेको संयुक्त रणनीतिक मोर्चामा समेत आवद्ध छन् । नेत्रविक्रम चन्द विप्लप खुला भएसँगै शनिबार मात्र मोर्चाको बैठक काठमाडौँमा बसेको थियो ।

    mohan-baidhya-biplab-aahuti-rishiram-kattel.jpg

    बैठकमा कट्टेलसँगै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव विप्लव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल आहुति, सिपी गजुरेल, खड्गबहादुर विश्व्कर्मा प्रकाण्ड, जागृत रायमाझीलगायत उपस्थित थिए ।

    rishi.jpg

    चार दलले गत पुस १४ गते सरकारविरुद्ध मोर्चाबन्दी गर्नका लागि संयुक्त संयुक्त रणनीतिक मोर्चा बनाएका थिए । मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् ।

     

     


    सोमवार, फाल्गुण २४ २०७७१२:२३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij