Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

‘सभामुख कुन पार्टीको हो ?’

‘सभामुख कुन पार्टीको हो ?’

  • आइतवार, फाल्गुण २३ २०७७

  • 1.9K
    SHARES

  • ‘सभामुख कुन पार्टीको हो ?’

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले सभामुखको पार्टी कुन हो भन्दै प्रश्न गर्नुभएको छ । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले अदालतको निर्णयले थप संवैधानिक जटिलता सिर्जना गरेको बताउनुभएको हो ।

    ’अदालतको फैसलापछि सभामुखलाई कुन पार्टीको मान्ने,’ थापाले प्रश्न गर्नुभयो, ’अदालतको फैसलाले थप जटिलता सिर्जना गरेको छ । यी जटिलताहरू फर्की फर्की अदालतकै ढोकामा जाने हो ।’

    हिजोसम्म नेकपाको विवाद टुंगो नलागेसम्म कांग्रेस चुप लाग्ने नीति रहेको तर अदालतको फैसलापछि कांग्रेसले छिटै नयाँ धारणा सार्वजनिक गर्ने उहाँले बताउनुभयो । यसअघि आज संसद बैठक सुरु हुनसाथ प्रचण्ड–माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीको पार्टी कुन हो भन्दै प्रश्न गर्नुभएको थियो ।


    आइतवार, फाल्गुण २३ २०७७०७:२०:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij