Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

  • आइतवार, फाल्गुण २३ २०७७

  • 734
    SHARES

  • प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

    काठमाडौँ । प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (दाहाल–नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।

    अर्को बैठक २६ गते दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । पुनःस्थापनापछि आइतबारका लागि डाकिएको बैठकमा संविधानको प्रतिकूल संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइएको भन्दै कांग्रेस, नेकपा (दाहाल–नेपाल) समूह, जसपाका नेताहरुले सदनमा नाराबाजी गरेका थिए ।

    कांग्रेसको विरोधका बीच अध्यादेश पेस गरिएको थियो । तर दाहाल नेपाल समूहका सांसदहरु भने त्यसअघि नै बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।

    ५ बजेर १० मिनेटपछि सुरु भएको बैठकमा जबर्जस्ती अध्यादेश पेस गरिएपछि कांग्रेस र जसपा सांसदहरुले अगाडि गएर नाराबाजी गरेका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरे । तर सहमति नजुटेपछि बैठक २६ गतेका लागि सारिएको हो ।


    आइतवार, फाल्गुण २३ २०७७०६:५८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij