Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चको फैसलामा देव गुरुङको प्रतिक्रिया:बेठिक टाइममा न्याय दिने काम भयो

सर्वोच्चको फैसलामा देव गुरुङको प्रतिक्रिया:बेठिक टाइममा न्याय दिने काम भयो

  • आइतवार, फाल्गुण २३ २०७७

  • 661
    SHARES

  • सर्वोच्चको फैसलामा देव गुरुङको प्रतिक्रिया:बेठिक टाइममा न्याय दिने काम भयो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले ओली–प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘बेठीक टाइम’को न्यायको संज्ञा दिएका छन् ।


    संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कँदै गर्दा संसद् सचिवालय सिंहदरबारमा संचारकर्मीलाई फैसलाबारे प्रारम्भिक प्रतिक्रिया दिदै नेता गुरुङले ‘बेठीक टाईम’मा न्याय दिने काम भएको बताए ।
    उनले अदालतको फैसलाले दलको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको ‘डेढलक’लाई अझै मद्दत पुग्न सक्ने बताए । उनले फैसलासँगै पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रलाई ब्यूँताइ यथास्थानमा गयो भन्न नमिल्ने तर्क गरे । उनले पार्टी एकीकरण पछि ३ बर्षमा धेरै कामहरु भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवहेव मेटिन नसक्ने उल्लेख गरे ।


    उनले भने, “जुन परिस्थितिमा आएर फैसला गरेको छ यसले नेपाल कम्युनिष्ट पार्टी नेकपा को निर्वाचन आयोगमा परिरहेको वहसको सम्बन्धमा केही केही प्रभाव पार्न सक्छ भन्ने लाग्छ । अहिले चाही उपयुक्त समय हो भन्ने देखिदैन । न्याय इनटाईममा दिनुपथ्र्यो । बेठिक टाइममा चाहिँ न्याय दिने काम भयो । यसले पार्ने साइड इफेक्टहरु के कस्तो पार्छ हाम्ले हेरेर मात्रै पछि प्रतिक्रिया दिउँला । यसले निर्वाचन आयोगको डेढलकलाई अझ मद्दत पुग्न सक्छ । यथास्थितिमा सायद जादैन । नामको बारेमा मात्रै गरेको हो । ३ बर्षमा धेरै काम भएको छ ।”
    उनले सर्वोच्च अदालतको फैसलालाई नमान्ने कुरा नभएपनि यसले विभिन्न ठाउँमा साइड इफेक्ट पार्ने बताए ।


    आइतवार, फाल्गुण २३ २०७७०४:४९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij