Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

नेकपाको नामसम्बन्धि टुंगो आज लाग्ने, कट्टेलले पाए राजनीतिक असर पर्ने

नेकपाको नामसम्बन्धि टुंगो आज लाग्ने, कट्टेलले पाए राजनीतिक असर पर्ने

  • आइतवार, फाल्गुण २३ २०७७

  • 782
    SHARES

  • नेकपाको नामसम्बन्धि टुंगो आज लाग्ने, कट्टेलले पाए राजनीतिक असर पर्ने

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नाम सम्वन्धी विवादमा सर्वोच्च अदालते आज फैसला गर्न लागेको छ ।

    नेपाल कम्युनिष्ट पार्टी नेकपाको नाम तीन पार्टीले दावी गरेपछि सर्वोच्च अदालतमा परेको मुद्धामा आज फैसला हुने भएको हो ।

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफ्नो पार्टीसँग नाम जुधाएको विवादमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले रिट दायर गर्नु भएको थियो ।

    लामो समयसम्मको सुनुवाई पछि न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासलमा यही फागुन १३ गते बिहीबार निर्णय सुनाउने मिति तय गरिएको थियो । तर त्यस दिन पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक विदा परेकाले आज उक्त विवादको निर्णय सुनाउने तयारी भएको हो ।

    अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ सालमा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी नेकपाकै नाममा निर्वाचन आयोगमा दल दर्ता भएको विरुद्ध रिट निवेदन दायर गर्नु भएको थियो ।

    अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा त्यसविरुद्ध उजुरी दिएपनि आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको पक्षमा निर्णय गरेको थियो ।

    त्यसपछि आयोगको निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको हो । अदालतले कट्टेलको पक्षमा फैसला गरेमा राजनीतिक अवस्थामा पनि असर पर्न सक्ने विश्लेषण गरिएको छ ।


    आइतवार, फाल्गुण २३ २०७७०८:३१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij