काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गर्दै अब विप्लवलाई पार्टीमा स्वागत गर्न चाहेको बतानुभएको छ ।
आज पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले विप्लव समूहका केही नेताहरुलाई पनि पार्टी प्रवेश गरेका छन् ।
कार्यक्रममा प्रचण्डले भन्नुभयो, ‘विप्लव अन्ततः मैले कोरेकै गोरोटोमा आइपुग्नु भएको छ । उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु र छिट्टै यस्तो कार्यक्रममा स्वागत गर्ने प्रतिक्षामा छु ।’
अहिले विप्लव आफूले हिँडेकै बाटोमा आएकामा खुसी व्यक्त गर्दै प्रचण्डले आफूले विप्लवलाई राम्रोसँग बुझेको चिनेको बताउनुयो । उहाँले अन्तत विप्लव आफुहरुकै लाइन र टिममा आउने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै उहाँले कम्युनिष्टहरू एकदमै राम्रा पनि हुने र ती बिग्रिन थाले भने कुहिएको अण्डा हुने बताउनुभएको छ । प्रचण्डले अहिले प्रधानमन्त्री केपी शर्मा ओली त्यही कुहिएको अण्डा भएको बताउनुभयो । ‘अहिलेको परिस्थितिमा कुहिएको अण्डा हो, केपी ओली ।
गन्हाएको अण्डा त खाइँदैन । गाडिन्छ, या जलाइन्छ । हामी स्वस्थवर्दक जीवनशील तत्व हो,’ प्रचण्डले भन्नुभयो ।