Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन

संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन

  • शनिवार, फाल्गुण २२ २०७७

  • 730
    SHARES

  • संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री तथा ओली समूहका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिनुभएको छ ।

    आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले संसदमा दृढताका साथ अगाडि बढ्न निर्देशन दिएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताउनुभयो ।

    भट्टराईले अविश्वास प्रस्ताव ल्याउन कसैले हिम्मत समेत नगर्ने बताउनुभयो । ‘अविश्वासको प्रस्ताव ल्याउन कसैले हिम्मत गर्दैनन् । जो बाहिर हुनुहुन्छ, उहाँहरू पनि फर्कनुहुन्छ । नेकपा विभाजन हुन कठिन छ,’उहाँले भन्नुभयो ।

    बैठकमा ११५ सांसद उपस्थित भएको ओली समूहको दाबी छ । यद्यपि बालुवाटारभित्र कुनै पत्रकारलाई छिर्न दिइएको थिएन ।
    बैठकमा वामदेव गौतम, लालबाबु पण्डित र तुलसा थापा उपस्थित थिएनन् ।

    गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ । प्रचण्ड–नेपाल समूहले शुक्रबार संसदीय दलको बैठक गरेको थियो ।

    उक्त बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । सो समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ । भोली संसद बैठक बस्दैछ ।


    शनिवार, फाल्गुण २२ २०७७०६:३९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij