Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यातायात व्यवसायी र मजदुरहरुको माग पूरा गर्ने प्रधानमन्त्री ओलीको आश्वासन

यातायात व्यवसायी र मजदुरहरुको माग पूरा गर्ने प्रधानमन्त्री ओलीको आश्वासन

  • बिहिवार, श्रावण १ २०७७

  • 970
    SHARES

  • यातायात व्यवसायी र मजदुरहरुको माग पूरा गर्ने प्रधानमन्त्री ओलीको आश्वासन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात व्यवसायी एवं यस क्षेत्रका मजदुरहरुको माग पूरा गर्ने आश्वासन दिनुभएको छ । यातायात क्षेत्रका समस्या एवं विभिन्न मागहरु लिएर चारवटा संगठनका प्रतिनिधिहरु आज बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

    भेटमा प्रधानमन्त्री ओलीले कोरोना महामारीका कारण देशको अर्थतन्त्र प्रभावित भएको र स्रोत साधनको अपर्याप्तता रहेको बताउनुभको थियो । तथापि सरकारले आफ्नो गच्छेअनुसार व्यवसायी र मजदुरका माग पूरा गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएको बताइएको छ ।

    प्रधानमन्त्री ओलीसँग भेट गर्नुअघि यो टोलीले खुमलटार पुगेर नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग पनि भेट गरेको थियो । त्यस्तै बुधबार टोलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गरेको थियो ।


    बिहिवार, श्रावण १ २०७७११:५८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij