काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभा अधिवेशन नजिकिएसँगै नयाँ सरकार गठनको चर्चा भइरहेका बेला काँग्रेस सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको हो ।
शनिबार आफ्नै निवासमा आयोजित एक कार्यक्रममा देउवाले आफू प्रधानमन्त्रीको रेसमा नभएको बताउनुभएको छ ।
नेकपाभित्रको आन्तरिक किचलोमा आफूले फस्न नचाहेको उहाँको भनाई छ । उहाँले संसदीय व्यवस्थामा अदालतलाई यो गर उ गर भनेर सडकमा आन्दोलन गरिए व्यवस्था नै नरहने खतरा बढ्ने धारणा राख्नुभएको छ ।
सरकारको विषयमा बहस चलिरहेको बेला देउवाले सरकार जान नचाहेको धारणा राख्नुभएको हो ।