Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

हामीले शहीदहरुको सपनालाई पूरा गर्छौं: विप्लव

हामीले शहीदहरुको सपनालाई पूरा गर्छौं: विप्लव

  • शुक्रवार, फाल्गुण २१ २०७७

  • 512
    SHARES

  • हामीले शहीदहरुको सपनालाई पूरा गर्छौं: विप्लव

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्दले शहीदहरुको सपनालाई छिट्टै पूरा गर्ने बताउनुभएको छ ।

    शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित सहमति हस्ताक्षर कार्यक्रममा बाल्दै विप्लवले शहीदहरुको सपनालाई चाँडै साकार पार्ने बताउनुभएको हो ।

    उहाँले भन्नुभयो, ‘शहीदहरुको परिवारलाई यो विश्वास दिलाउन चाहान्छौं कि, हामीले शहीदहरुको सपनालाई पूरा गर्छौं । हाम्रो कार्यकर्ताहरु पनि अब छिट्टै छुट्दै हुनुहुन्छ ।’

    यस्तै, उहाँले सरकारसँग गरेको तीन बुँदे सहमतिमा नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध रहने पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘तीन बुँदे सहमतिमा नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध छ ।’

    यसैबीच उहाँले न्यायपूर्ण, शान्तिपूर्ण समाज निर्माणका लागि आफूहरुले संघर्ष गरेका बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘जसको हामीले ३ बुँदे सहमति गरेका छौं । यसलाई हामीले पूर्ण रुपमा पालना गर्छौं । शान्तिका दूत विश्वमा नै कम्युनिष्टमा नै छ ।’

    उहाँले थप भन्नुभयो, ‘समाजिक रुपान्तरण, राज्यको रुपान्तरण र जीवनको रुपान्तरण पुगेको छैन । हामी यसलाई पूरा गथ्र्यौ पहिले पनि । जुन र घामको भेट हुदैन भन्ने एउटा देउडाम गीतमा भनिएको छ । हामीलाई त्यस्तै दृष्टिले हेरिन्थ्यो । तर, जुन र घामको पनि भेट हुन्छ ।’

    उहाँले थप भन्नुभयो, ‘यस अगाडि पनि हाम्रो प्रधानमन्त्रीसँग कुरा गरेका थियौं । तपाईहरुले नेतृत्व गर्नुस्, हामीले कसैलाई पीडाएर होइन, कसैको भाग खोसेर होइन, कसैमाथि हमला गरेर होइन, हामी नेपाली जनताको श्रममाथि उभिएर देश बनाउन चाहन्छौं । त्यो बनाउने नेतृत्व हामी गरौं, भन्ने छलफल हाम्रो चलेको थियो ।’

    उहाँले थप भन्नुभयो, ‘२००७ सालदेखि आजसम्म खण्ड–खण्डमा नेपाली समाजको रुपान्तरण हुँदै आएको भएतापनि अहिलेसम्म पूर्ण भएको थिएन । यसलाई हामीले पूरा गर्छौं ।’


    शुक्रवार, फाल्गुण २१ २०७७०४:१०:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij