Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड–माधव पक्षद्धारा आफु निकट सांसद्हरुको हस्ताक्षर संकलन

प्रचण्ड–माधव पक्षद्धारा आफु निकट सांसद्हरुको हस्ताक्षर संकलन

  • शुक्रवार, फाल्गुण २१ २०७७

  • 1.1K
    SHARES

  • प्रचण्ड–माधव पक्षद्धारा आफु निकट सांसद्हरुको हस्ताक्षर संकलन

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  को प्रचण्ड–माधव पक्षले संसदीय दलको बैठकअघि आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेको छ । आज सो पक्षको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा २ बजेदेखि बस्दैछ । बैठकअघि उपस्थित सांसदहरुले हस्ताक्षर गरिरहेका छन् ।


    आजको दलको बैठकमा कति सांसद उपस्थिति हुन्छन् भन्ने चासोका साथ हेरिएको छ । पार्टीको केन्द्रीय समितिमा बहुमतमा रहेको प्रचण्ड–माधव पक्षले संसदीय दलमा पनि बहुमत सिद्ध गर्ने कसरतमा रहेको छ ।


    दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरिरहेको बेला संसदीय दलमा कसको बहुमत छ भन्ने विषय पनि महत्त्वपूर्ण रहेको छ । उता, केपी ओली पक्षले आफूहरुसँग १ सयभन्दा बढी सांसदहरु रहेको दाबी गरिरहेको छ । प्रतिनिधिसभामा नेकपाका १७३ सांसदहरु रहेका छन् ।


    शुक्रवार, फाल्गुण २१ २०७७०२:१०:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij