काठमाडौं- म्यानमारमा सैन्य सरकारले गरेको हिंसात्मक दमनको विरोधमा शुक्रबार काठमाडौंस्थित म्यानमार दूतावासअगाडि विरोध प्रदर्शन गरिएको छ । बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभयन्ताहरूले नक्खु, भैंसेपाटीस्थित दूतावासअगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले म्यानमारमा नरसंहार बन्द गर,म्यानमारमा लोकतन्त्र पुनर्बहाली गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर आफूहरू त्यहाँका जनताको पक्षमा रहेको बताए ।
प्रदर्शनमा नागरिक अभियन्ता गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकलगायत सहभागी छन्। म्यान्मारमा सैनिक ‘कु’ विरुद्ध बुधबार गरिएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागि कम्तीमा ३८ जना मारिएको जनाइएको छ।
गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारका सबैजसो सहरहरूमा विरोध प्रदर्शन भइरहेको छ।