Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

विप्लव आज सार्वजनिक हुँदै, प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

विप्लव आज सार्वजनिक हुँदै, प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

प्रहरी हिरासतमा रहेका विप्लवका १८ जना कार्यकर्ता आज रिहा हुँदै
  • शुक्रवार, फाल्गुण २१ २०७७

  • 863
    SHARES

  • विप्लव आज सार्वजनिक हुँदै, प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले शुक्रबार (आज) एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार तथा सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले आज दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने जानकारी दिनुभयो ।

    उहाँका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने छ ।

    परराष्ट्र सल्लाहकार तथा सरकारी वार्ता टोलीका सदस्य डा.भट्टराईले प्रधानमन्त्री ओलीको प्रतिवद्धता अनुसार संविधानभन्दा बाहिर रहेका राजनीतिक पार्टीलाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याउन सरकार सफल भएको पनि उल्लेख गर्नुभयो ।

    बिहिबार (हिजो)को वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक गरिएको थियो । सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।

    विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने प्रेस नोटमा उल्लेख छ । साथै सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने सहमति पनि भएको थियो ।

    हत्या हिंसामा लागेको भन्दै सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।

    मन्त्रिपरिषद्ले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गरेसँगै गृह मन्त्रालयले पक्राउ परेका नेताकार्यकर्ता रिहा गर्न मातहतमा निकायलाई निर्देशन दिएको छ । उनीहरुलाई आजदेखि रिहा गरिने छ ।

    गृहको निर्देशन जिल्ला प्रशासन कार्यालयको आदेशमा कारागार तथा हिरासतमा रहेकाहरुको हकमा मात्र्र लागू हुने छ । जसअनुसार प्रहरी हिरासतमा रहेका १८ जनालाई आज छाड्ने सरकारको तयारी छ ।


    शुक्रवार, फाल्गुण २१ २०७७०७:०५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij