Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

म्यानमारमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, ३८ जनाको मृत्यु

म्यानमारमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, ३८ जनाको मृत्यु

  • बिहिवार, फाल्गुण २० २०७७

  • 1.5K
    SHARES

  • म्यानमारमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, ३८ जनाको मृत्यु

    एजेन्सी । म्यानमारमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा ३८ जनाको मृत्यु भएको छ ।

    गत फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सेनाले सत्ता नियन्त्रणमा लिएपछि जारी आन्दोलनका क्रममा विभिन्न झडपहरु हुँदै आएका छन् ।

    सेनाले सत्तारुढ दलकी नेतृ आङसाङ सूचीसहित विभिन्न नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता हातमा लिएको थियो । विभिन्न दलका नेताहरुको रिहाइको माग गर्दै दिनहुँ भइरहेका प्रदर्शनमा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेर दमन गरेको भन्दै म्यानमार प्रशासनको संयुक्त राष्ट्रसंघलगायतका विभिन्न निकायले आलोचना गरेका छन् ।

    गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको भन्दै नयाँ निर्वाचन गराउने घोषणा गरेको सेनाले म्यानमारमा एक वर्षका लागि संकटकालको घोषणासमेत गरेको छ । विभिन्न छिमेकी मुलुकहरुले संकट समाधानका लागि आवश्यक परे सहयोग गर्ने जनाएको एक दिनपछि सेनाले प्रदर्शनकारीविरुद्ध अत्याधिक बल प्रयोग गरेर दमन गरेको बीबीसीले जनाएको छ ।

    म्यानमार का लागि राष्ट्रसंघी राजदूत क्रिस्टिन श्रानेर बुर्गेनरले दमनमा अझ बढी सर्वसाधारण्को मृत्यु र दमन भएको दावी गरेका छन् । उनले सेनाले बल प्रयोग गर्दा भएको मानविय क्षतिको विवरण लुकाइएको पनि बताए । उनले आन्दोलन सुरु भएयता म्यानमार सरकारले करिब १२ सय सर्वसाधारणलाई हिरासतमा लिएको बताए ।


    बिहिवार, फाल्गुण २० २०७७०८:३९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij