Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य केन्द्रका लागि एक अर्ब बढी बजेट निकासा

स्वास्थ्य केन्द्रका लागि एक अर्ब बढी बजेट निकासा

  • बिहिवार, फाल्गुण २० २०७७

  • 738
    SHARES

  • स्वास्थ्य केन्द्रका लागि एक अर्ब बढी बजेट निकासा

    काठमाडौं । अर्थ मन्त्रालयले ३१३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख ससर्त अनुदान निकासा गरेको छ ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रका निर्माणाधीन भवनहरूको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रकम निकासा गर्न स्वीकृति दिनुभएको हो ।

    स्वास्थ्य केन्द्र नरहेका हरेक स्थानीय तहका वडामा स्वास्थ्य केन्द्र निर्माण गर्ने सरकारी योजनाअनुसार अहिले दुई हजार ६२६ वडामा स्वास्थ्य केन्द्र निर्माणको काम भइरहेको छ ।

    अर्थ मन्त्रालयले यस्ता स्वास्थ्य केन्द्र निर्माणका लागि करिब ५८ अर्ब रुपियाँ स्रोत सुनिश्चित गरिसकेको छ ।अ

    र्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले चालू आर्थिक वर्ष २०७७–७८ मा स्वास्थ्य केन्द्र निर्माणका लागि चार अर्ब २० करोड विनियोजन गरिएकोमा यसअघि दुई अर्ब ६९ करोड निकासा भइसकेको जानकारी दिनुभयो ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


    बिहिवार, फाल्गुण २० २०७७०७:३८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij