Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भारतसँग ‘कम्फर्टेबल’ सरकार बनाउनेबारे प्रचण्डले दिए प्रस्टीकरण

भारतसँग ‘कम्फर्टेबल’ सरकार बनाउनेबारे प्रचण्डले दिए प्रस्टीकरण

  • बुधवार, फाल्गुण १९ २०७७

  • 1.4K
    SHARES

  • भारतसँग ‘कम्फर्टेबल’ सरकार बनाउनेबारे प्रचण्डले दिए प्रस्टीकरण

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग ‘कम्फर्टेबल’ सम्बन्धबारे आफूले बोलेको कुरामा भइरहेको विवादबारे प्रष्टीकरण दिएका छन्।

    उनले आफ्नो भनाइको भिडियो काटेर ओलीका साइबर स्यालहरुले गलत प्रचार गरेको बताए। पार्टी कार्यालय पेरिसडाँडामा बुधबार भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले अब देखि बोल्दा ध्यान दिने पनि बताएको एक नेताले जानकारी दिए।

    आफूले १२ बुँदेदेखिको प्रसंगमा भारतसँगको विशिष्ट सम्बन्धका बारेमा जोड दिएर कुरा गरेको तर त्यसको एक टुक्रा भिडियो काटेर अपव्याख्या गरिएको प्रचण्डले बताए।

    केही दिनअघि जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रचण्डले लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरू– कांग्रेस, नेकपा र जनता समाजवादी पार्टीबीच गठबन्धन सरकार बन्दा छिमेकी भारत र चीनलाई पनि कम्फर्टेबल हुने बताएका थिए।


    बुधवार, फाल्गुण १९ २०७७०५:१४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij