Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीका लागि मरिमेट्नेवाला पनि छैन, जिम्मेवारी आए भाग्ने वाला पनि छैनः देउवा

प्रधानमन्त्रीका लागि मरिमेट्नेवाला पनि छैन, जिम्मेवारी आए भाग्ने वाला पनि छैनः देउवा

  • बुधवार, फाल्गुण १९ २०७७

  • 1.2K
    SHARES

  • प्रधानमन्त्रीका लागि मरिमेट्नेवाला पनि छैन, जिम्मेवारी आए भाग्ने वाला पनि छैनः देउवा

    काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री पद नमागेको, तर प्रस्ताव आए स्वीकार गर्ने बताउनुभएको छ ।

    संसद विघटन गर्ने सरकारी निर्णय बदर भएसँगै नेकपाको प्रचण्ड–माधव समूहले संयुक्त सरकार गठनको प्रस्ताव गर्दा देउवाले पार्टीमा छलफल गर्नुपर्छ भन्नुभएको थियो । तर बुधबार चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्नुभएको हो।

    पदको लोभ नभएको, तर जिम्मेवारी आए नभाग्ने भन्दै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री पाउँ–प्रधानमन्त्री पाउँ भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन।’

    उहाँभन्दा अगाडि बोल्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस प्रतिपक्षी भूमिकाबाट दायाँबायाँ हुन नहुने बताउनुभएको थियो ।

    त्यसको जवाफ दिँदै देउवाले भन्नु्भयो, ‘अरु पार्टीको (प्रधानमन्त्री) हुनुभन्दा आफ्नै पार्टीको हुँदा फाइदा नै होला, खुसी हुनुहोला भन्ने लाग्थ्यो । तर तपाईँको कुरा अरु होस्, शेरबहादुर हुनै हुँदैन भने जस्तो लाग्यो । सानो चित्त नगर्नुस्, विशाल हृदय राख्नुस् रामचन्द्रजी ।’

    उहाँले अघि भन्नुभयो, ‘प्रधानमन्त्रीका लागि मरिमेन्टेवाला पनि छैन, जिम्मेवारी आए भाग्ने वाला पनि छैन ।’


    बुधवार, फाल्गुण १९ २०७७०४:५४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij