काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ । वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो ।
वार्ता सकारात्मक दिशाउन्मुख रहेको सरकारी वार्ताटोलीका सदस्य डा. राजन भटट्राईले जानकारी दिनुभयो ।
‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ’, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारसमेत रहेका डा. भट्टराईले ट्विट गर्दै भन्नुभएको छ, ‘वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।’
वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र डा. भट्टराई हुनुहुन्छ भने विप्लव समूहको तर्फबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने दीपक हुनुहुन्छ ।
