Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

  • बुधवार, फाल्गुण १९ २०७७

  • 836
    SHARES

  • प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

    काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज (बुधबार) बस्दैछ । सचिवालयको निर्णय अनुसार आज केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ ।

    सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरिदिएपछि प्रचण्ड–माधव समूहका नेताले दौडधूप गरिरहेका छन् । आगामी सरकार गठनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेताहरुलाई समेत भेटेर छलफल गरिसकेका छन् ।

    २३ गते संसद बैठकसमेत आह्वान भैसकेकोले पनि कसरी प्रस्तुत हुने विषयमा प्रचण्ड–माधव समूहले केन्द्रीय समितिबाट रणनीति तय गर्ने बताइएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएकोले उहाँमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।


    बुधवार, फाल्गुण १९ २०७७०९:२०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij