Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अफगानिस्तानमा तीन महिला पत्रकारको गोली हानी हत्या

अफगानिस्तानमा तीन महिला पत्रकारको गोली हानी हत्या

  • बुधवार, फाल्गुण १९ २०७७

  • 1.0K
    SHARES

  • अफगानिस्तानमा तीन महिला पत्रकारको गोली हानी हत्या

    एजेन्सी । अफगानिस्तानको जलालावादमा तीन जना सञ्चारकर्मी महिलाको गोली हानी हत्या गरिएको छ । तालिवानी लडाकूहरुको छुट्टाछुट्टै आक्रमणमा परेर एक जना घाइतेसमेत भएको बीबीसीले जनाएको छ ।

    स्थानीय टेलिभिजनमा काम गर्ने ती महिला १८ देखि २० वर्षका रहेको बताइएको छ ।

    घटनामा संलग्न भएको आशंकामा सुरक्षाकर्मीले केही व्यक्ति पक्राउ गरेपनि कसैले पनि घटनाको जिम्मा नलिएपनि तालिवानीले आक्रमण गरेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।

    पछिल्लो एक वर्षयता तालिवानी लडाकूहरुले विभिन्न क्षेत्रका व्यक्तिमाथि आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

    गत महिना मात्र सर्वोच्च अदालतका दुई जना न्यायाधीशमाथि राजधानी काबुलमा गोली हानिएको थियो ।

    यता राष्ट्रपति अशरफ घानीले तालिवानी विद्रोहीलाई नियन्त्रणयमा लिन सरकार लागिपरेको बताउनुभएको छ । उहाँले तालिवानीले देश कब्जा गर्न नसक्ने दावी गर्नुभयो ।
    अमेरिकाले यसअघि गरेको सम्झौता अनुसार आफ्ना सेना फिर्ता बोलाउने र अफ्गान सरकारको नियन्त्रणमा रहेका तालीवानी लडाकूहरु रिहा भएपछि तालिवानीहरुले पुन आक्रमणलाई तीव्र पारेका हुन् ।

    अमेरिकामा अझै २ हजार पाँच सय भन्दा बढी अमेरिकी सेना कार्यरत छन् ।


    बुधवार, फाल्गुण १९ २०७७०७:२१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij