Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘सरकार विप्लव वार्ता नाटकै नहोस्’

‘सरकार विप्लव वार्ता नाटकै नहोस्’

  • मंगलवार, फाल्गुण १८ २०७७

  • 904
    SHARES

  • ‘सरकार विप्लव वार्ता नाटकै नहोस्’

    काठमाडौँ – सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी वार्ता गर्न सहमत भएका छन्।

    सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेलगत्तै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि सरकारसँग वार्ता गर्न सहमत भएको हो।

    विप्लव नेतृत्वको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा पूर्व लडाकु कमान्डर उदयबहादुर चलाउने दीपक सदस्य रहेको वार्ता टोली गठन गरेको छ।

    निकट भविष्यमै विप्लव समूहसँग वार्ता हुने सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो।

    पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा र जेलमा रहेका कार्यकर्ताको रिहाइलाई विप्लव समूहले वार्ताको सर्त बताउने गरेको थियो।

    तर यी मागहरु वार्ताका माध्यमबाटै सम्बोधन गरिने सरकारका प्रवक्ता गुरुङले बताउनुभयो । श्रोतका अनुसार वार्ताको टेबुलमा बस्नुअघि नै सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवाको घोषणा गर्ने सहमति भइसकेको छ। तर वार्ताबाटै सबै कुरा हल गर्न टोली गठन गरिएको प्रवक्ता गुरुङले बताउनुभयो ।

    सरकारी वार्ता टोलीमा गृहमन्त्री थापा संयोजक र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहनुभएको छ।

    निकट भविष्यमै वार्ताका लागि सरकार र विप्लव समूहबीच निरन्तर सम्पर्क भइरहेको बताइएको छ। यता सरकार र नेत्रविक्रम चन्द विप्लव समूहले वार्तामार्फत समस्या समाधान गर्नका लागि छुट्टाछुट्टै वार्ता समिति गठन गर्नुलाई नेपाली कांग्रेसले सकारात्मक भनेको छ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सबै समस्याको समाधान वार्ता, सम्वादबाट गर्नु पर्ने मान्यतामा कांग्रेस दृढ रहेको भन्दै दुवै पक्षलाई इमान्दारपूर्वक वार्ताबाट समाधानमा पुग्न आग्रह गर्नुभएको छ।

    नेता चन्द्र भण्डारीले हतियारधारी समूहसँग वार्ता गरेर शान्तिका लागि पहल गर्नु स्वागतयोग्य कदम भएको बताउनुभयो।

    सरकार र विप्लव समूह वार्ताका लागि सहमत हुनुलाई नेकपाको प्रचण्ड माधव समूहका नेताहरुले पनि सकारात्मक रुपमा लिएका छन्।

    तर वार्ता नाटक मात्रै नभएर वास्तविक रुपमा समाधानमुखी हुनपर्ने नेता रघुजी पन्तले बताउनुभयो।

    हतियार बोकेर हिँडिरहेको शक्तिसँग सरकारले वार्ताको वातावरण बनाउनु सुखद पक्ष भएको उहाँको भनाई छ ।

    हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै विप्लव समूहका गतिविधिमाथि सरकारले २०७५ साल फागुनमा प्रतिबन्ध लगाएको थियो।

    त्यसयता विप्लव समूहका झन्डै २ हजार नेता तथा कार्यकर्ता पक्राउ परेका छन्।

    त्यसमध्ये झन्डै १,९०० लाई राज्यविरुद्धको अपराधमा संलग्न रहेको आरोपमा मुद्दा दायर गरिएको छ।


    मंगलवार, फाल्गुण १८ २०७७०७:३४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij