काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वदेश फर्किनुभएको छ ।
भारतको राजधानी दिल्लीमा स्वास्थ्य परीक्षण पछि उहाँ नेपाल वायु सेवा निगमको विमानमार्फत आज काठमाडौँ फर्किनुभएको हो ।
भट्टराई न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि दिल्ली पुग्नुभएको थियो ।
यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराउँदा न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका थिए ।
उक्त ट्युमरलाई दुई–तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका छन्