Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार

  • मंगलवार, फाल्गुण १८ २०७७

  • 760
    SHARES

  • कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार

    काठमाडौं । मष्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ ।

    आज अपरान्ह अस्पतालले दिएको जानकारी अनुसार जोशीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको हो । नेता जोशीको अवस्थामा सुधार भएपछि हिजो बिहानबाट भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिनुभएको छ ।

    ‘सोमबार बिहानदेखि उहाँले आफैंले सास फेरिरहनुभएको छ । मेसिनले सास फेराउनु परेको छैन’, डा. झाले भन्नुभयो ।

    बेहोस् अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर भोली बिहान नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी गरिने डा. झाले बताउनुभयो ।

    बिहीबार राति मस्तिष्काघात भएपछि अस्पताल भर्ना भएका नेता जोशीको शुक्रबार शल्यक्रिया गरिएको हो ।


    मंगलवार, फाल्गुण १८ २०७७०७:३०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij