Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

बिएण्डसीलाई प्रक्रिया मिचेर सम्बन्धन दिन लागेको भन्दै कांग्रेसको आपत्ति

बिएण्डसीलाई प्रक्रिया मिचेर सम्बन्धन दिन लागेको भन्दै कांग्रेसको आपत्ति

  • मंगलवार, फाल्गुण १८ २०७७

  • 681
    SHARES

  • बिएण्डसीलाई प्रक्रिया मिचेर सम्बन्धन दिन लागेको भन्दै कांग्रेसको आपत्ति

    काठमाडौँ । झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेजलाई प्रक्रिया मिचेर सम्बन्धन दिन लागेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

    शिक्षामन्त्रीको ठाडो निर्देशनमा बिएण्डसीलाई सम्बन्धन दिन लागेको भन्दै कांग्रेस शिक्षा विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रक्रिया मिचेर विश्वविद्यालयको स्वयतत्तामाथि हस्तक्षेप गर्दै राजनीतिक दबाब सिर्जना गर्न खोजेको कांग्रेसले बताएको छ ।


    कांग्रेसले राजनीतिक दबाब सिर्जना नगर्न भन्दै यस्ता कार्य गरे परिणाम दुःखद् हुने पनि चेतावनी दिएको छ ।

    नेकपा सरकार आफैंले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत बारम्बार यस्ता हस्तक्षेपका कार्य गर्नु खेदजनक र आपत्तिको कुरा भएको कांग्रेस शिक्षा विभागले ठहर गरेको छ ।


    मंगलवार, फाल्गुण १८ २०७७०५:२६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij