Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

देश विकासको बाटोमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ

देश विकासको बाटोमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ

  • मंगलवार, फाल्गुण १८ २०७७

  • 609
    SHARES

  • देश विकासको बाटोमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको बाटोमा अघि बढेको बताउनुभएको छ ।

    आज झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उहाँले अब देशमा पिच रोडलाई पिच रोड नै बनाउने बताउनुभयो ।
    कलाकार हरिवंश आचार्यले नामको मात्र रोड रहेको सडकहरु भत्किएर घिच रोड भएको भन्दै व्यङ्ग्य गरेकोप्रति जवाफ दिँदै उहाँले अब पिच रोड कहिल्यै पनि घिच रोड नबन्ने बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले अब बनाएका सडकहरू २०–३० वर्षसम्म चल्ने किसिमको हुने बताउनुभयो । ‘कहिल्यै नभत्किने भन्ने कुरा त केही पनि हुँदैन,’ उहाँले भन्नुभयो, ‘तर, २०–३० वर्षसम्म नभत्किने सडकहरू बनाइन्छ ।’


    मंगलवार, फाल्गुण १८ २०७७०४:३४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij