Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

विप्लव समूहको पनि वार्ताटोली, नेतृत्व कसको ?

विप्लव समूहको पनि वार्ताटोली, नेतृत्व कसको ?

  • मंगलवार, फाल्गुण १८ २०७७

  • 615
    SHARES

  • विप्लव समूहको पनि वार्ताटोली, नेतृत्व कसको ?

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको भूमिगत नेकपाले सरकारसँग वार्ता गर्न खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । पूर्वमन्त्रीसमेत रहेका विश्वकर्मा विप्लव समूहका वरिष्ठ नेता हुनुहुन्छ ।

    विप्लवनिकट स्रोतका अनुसार विश्वकर्माको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली सार्वजनिक गरिँदैछ । अर्को सदस्यमा उदय चलाउने दीपक रहने बताइएको छ ।

    सरकारले आजै मात्र गृहन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो । अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई हुनुुहुन्छ ।

     


    मंगलवार, फाल्गुण १८ २०७७०२:५५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij