Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

फ्रान्सका पूर्वराष्ट्रपति निकोललाई भ्रष्टाचारको आरोपमा जेल

फ्रान्सका पूर्वराष्ट्रपति निकोललाई भ्रष्टाचारको आरोपमा जेल

  • मंगलवार, फाल्गुण १८ २०७७

  • 571
    SHARES

  • फ्रान्सका पूर्वराष्ट्रपति निकोललाई भ्रष्टाचारको आरोपमा जेल

    एजेन्सी । फ्रान्सका पुर्व राष्ट्रपति निकोल सार्कोजीलाई भ्रष्टाचारको आरोपमा जेल सजाय तोकिएको छ ।

    आफु पदमा रहँदा न्यायाधीशहरुलाई घुस दिन खोजेको आरोपमा दोषी ठहर भएपछी फ्रान्सको उच्च अदालतले सार्कोजीलाई ३ बर्षको जेल सजाय तोकेको हो ।

    अदालतमा बिचाराधिन मुद्दाको सुचना माग गरी सो बापत न्यायाधीशहरुलाई महत्वपूर्ण नियुक्ति दिने वाचासहित घुस दिन खोजेको आरोपमा जेल सजाय तोकेको हो ।

    यो सजायसंगै सार्कोजी फ्रान्सको इतिहासमा भ्रष्टाचार आरोपमा जेल सजायँ पाउने पहिलो राष्ट्रपति बन्नुभएको छ ।

    ६६ बर्षिय सार्कोजीका निजी कानुन व्यबसायीले भने सार्कोजीले आफु बिरुद्धको आरोपको सर्वोच्चमा अपिल गर्ने बताउँदै फैसला नभएसम्म कारागार जान नपर्ने जनाएका छन् ।


    मंगलवार, फाल्गुण १८ २०७७०८:१६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij