Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

म्यानमारमा सैनिक शासनविरुद्ध आन्दोलन चर्कियो , १८ जनाको मृत्यु

म्यानमारमा सैनिक शासनविरुद्ध आन्दोलन चर्कियो , १८ जनाको मृत्यु

  • सोमवार, फाल्गुण १७ २०७७

  • 1.5K
    SHARES

  • म्यानमारमा सैनिक शासनविरुद्ध आन्दोलन चर्कियो , १८ जनाको मृत्यु

    एजेन्सी । म्यानमारमा सैनिक शासन विरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

    बीबीसीका अनुसार आइतबार एकैदिन १८ जनाको मृत्यु भएको हो ।

    संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले आइतबार भएको प्रहरी हस्तक्षेपलाई सैनिक शासन विरुद्ध सुरु भएको आन्दोलयताकै घातक भनेको छ र उक्त दिनलाई सबैभन्दा ‘घातक दिन’ भनेको छ ।

    आइतबार म्यानमारका यंगुन, दवेई र मन्डाले शहरमा प्रदर्शन चर्किएको थियो । ती शहरमा धेरै प्रदर्शनकारीको ज्यान गएको छ । प्रदर्शनकारीहरूमाथि दमन गर्न त्यहाँको सुरक्षाबलले रबर बुलेट, टियर ग्याससँगै गोली समेत चलाएको थियो । उता, त्यहाँको सैनिक नेतृत्वले संयुक्त राष्ट्रसंघका राजदूतलाई समेत हटाइदिएको छ ।

    सैनिक सत्ताको विरोधमा बोलेको भन्दै राजदूतलाई हटाइएको हो ।


    सोमवार, फाल्गुण १७ २०७७०६:५८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij