काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका नेता रामनारायण विडारीले कसैले अविश्वासको प्रस्ताव ल्याएर मलाई हटाउनुस् भनीरहनु नपर्ने दावी गनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका ९५ प्रतिशत कुरा पूरा नहुने गरेको आरोप लगाउँदै उहाँले संसद्ले गर्ने कुरालाई चुनौती दिनु उहाँको नैतिकता विरुद्ध भएको तर्क गर्नुभयो ।
नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै नेता विडारीले भन्नुभयोे,“देशलाई संकटमा पार्ने प्रतिगामी कदम उठाउनु त्यो कदमलाई न्यायालयले पनि गलत सावित गरिसकेको अवस्था फेरी संसद्मा गएर मलाई बचाउनुहोस् भनेर अनुरोध गर्नु नैतिकता विरुद्ध हो । राजीनामा दिएर एउटा मात्र राम्रो काम गर्नु उहाँको कर्तव्य हो ।”
निर्वाचन आयोगले आफ्नो समूहलाई आधिकारीकता नदिएकोप्रति कटाक्ष गर्दै नेता विडारीले आयोगलाई संवैधानिक बनाउनु गलत भयो कि भन्ने लाग्न थालेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयोे,“निर्वाचन आयोगले कानुन हेरेर निर्णय गर्नुपर्ने बेला सुतेर बस्या छ, आयोगलाई संवैधानिक आयोग बनाउनु गलत भयो कि भन्ने विचार आउन थालेका छन् ।”
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले नै गलत भएको फैसला गरिसके पछि पनि राजीनामा नदिनु लजास्पद भएको उहाँले उल्लेख गर्नुभएको छ ।
इमान्दार सांसद धेरै भएकाले खरिद बिक्रिमा बिश्वास नरहेको नेता विडारीले बताउनभयो ।