Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

ओलीपछि प्रचण्ड पनि सर्वोच्चमा उपस्थित हुनुको कारण यस्तो छ

ओलीपछि प्रचण्ड पनि सर्वोच्चमा उपस्थित हुनुको कारण यस्तो छ

  • आइतवार, फाल्गुण १६ २०७७

  • 1.3K
    SHARES

  • ओलीपछि प्रचण्ड पनि सर्वोच्चमा उपस्थित हुनुको कारण यस्तो छ

    काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन नेकपा (प्रचण्ड–माधव समूह)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालतमा पग्नुभएको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै उहाँविरुद्ध अधिवक्ता समिर हायूले रिट दायर गर्नुभएको थियो ।

    रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो । सोही आदेशअनुसार प्रचण्डले आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न लाग्नुभएको हो ।

    काठमाडौंको शान्तिवाटिकामा आयोजित सभामा प्रचण्डले ‘केपी शर्मा ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने लाखौं–लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

    त्यो अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हायूले सर्वोच्चमा मुद्दा दर्ता गर्नुभएको थियो ।

    यसैबीच, प्रचण्डले लिखित जवाफ पेश पनि गर्नुभएको छ ।

    यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि अदालतको अपहेलना गरेको मुद्दा लागेको थियो । उहाँले नै सर्वोच्चमै गएर लिखित जवाफ दिइसक्नुभएको छ ।


    आइतवार, फाल्गुण १६ २०७७११:४९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij