Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख

  • आइतवार, फाल्गुण १६ २०७७

  • 899
    SHARES

  • कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख

    काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

    मस्तिष्कघात भएपछि बिहिवार राति वीर अस्पताल लगिएका जोशीलाई शुक्रवार बिहानै नर्भिक अस्पताल पठाइएको थियो ।

    उहाँको मष्तिष्कमा जमेको रगत र पानी निकालेर उपचार भइरहेको छ । आज बिहान गरिएको सिटी स्क्यान रिपोर्टमा सुधार देखिएको उपचारमा संलग्न डाक्टर राजिव झाले जानकारी दिनुभयो ।

    अझै केही दिन यही विधिबाट उपचार गरेपछि मात्रै थप उपचार गर्न सकिने अस्पतालले जनाएको छ ।

    उहाँको शरीरको देब्रेपट्टी समस्या देखिएको छ भने दाहिने पट्टीको भाग विस्तारै चल्दै गएको बताइएको छ ।


    आइतवार, फाल्गुण १६ २०७७१०:००:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij