Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अमेरिकामा एक मात्रा मात्रै लगाए पुग्ने कोरोनाविरुद्धको खोपलाई प्रयोग अनुमति

अमेरिकामा एक मात्रा मात्रै लगाए पुग्ने कोरोनाविरुद्धको खोपलाई प्रयोग अनुमति

  • आइतवार, फाल्गुण १६ २०७७

  • 714
    SHARES

  • अमेरिकामा एक मात्रा मात्रै लगाए पुग्ने कोरोनाविरुद्धको खोपलाई प्रयोग अनुमति

    एजेन्सी । अमेरिकामा एक मात्रा मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई प्रयोगको अनुमति दिइएको छ ।

    खोप सुरक्षित र प्रभावकारी देखिएको भन्दै अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन एफडिएले प्रयोगको स्वीकृति दिएको हो । फाइजर र मोर्डनाको खोप भन्दा जोन्सन एण्ड जोन्सनको खोप खर्च र भण्डारणका हिसाबले पनि किफायती देखिएको छ ।

    यो खोपलाई फ्रिजरमा नभइर रेफ्रिजिरेटरमा भण्डारण गर्न सकिन्छ । यो खोप संक्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन ८५ र समग्रमा ६६ प्रतिशत प्रभावकारी देखिएको छ । कम्पनीले जुनको अन्त्यसम्ममा १० करोड खोप अमेरिकालाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

    बेलायत, यूरोपेली यूनियन, क्यानडा र कोभ्याक्सले पनि खोप अर्डर गरेका छन् । बेल्जियन कम्पनी ज्यानसिनले गत जनवरीमा खोपको मानवीय परीक्षणको नतिजा सार्वजनिक गरेको थियो। अमेरिकामा यसअघि स्वीकृति पाएका फाइजर र मोदेर्नाको खोप भने दुई मात्रा लगाउनु पर्छ।


    आइतवार, फाल्गुण १६ २०७७०८:२६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij