Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली आज किन जादैँछन् गृहजिल्ला झापा ?

प्रधानमन्त्री ओली आज किन जादैँछन् गृहजिल्ला झापा ?

  • आइतवार, फाल्गुण १६ २०७७

  • 1.2K
    SHARES

  • प्रधानमन्त्री ओली आज किन जादैँछन्  गृहजिल्ला झापा ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जादैँ हुनुहुन्छ ।

    औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा जान लाग्नुभएको हो । प्रधानमन्त्री ओलीले झापास्थित निर्वाचन क्षेत्र–५ मा बन्न लागेको नेपाल–चीन मैत्री पार्क शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

    ६४ अर्ब लगानी रहने ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ । २ हजार २ सय विघा क्षेत्रमा निर्माण हुन लागेको औद्योगीक पार्क नेपालकै नमुना हुने दाबी गरिएको छ ।

    प्रधानमन्त्री ओलीले आजै औद्योगीक र्पाकमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी, प्रधानमन्त्री ओलीले आजै दमक र इलामको चुलाचुलीमा पर्ने रतुवा खोलामा निर्माण भएको पुलको उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ ।

    यसअघि, सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो ।

    सो कार्यक्रमअनुसार कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेका छन् ।

    यस्तै, प्रधानमन्त्री ओली पुनः फागुन १८ गते मंगलबार व्यवसायी दुर्गा प्रसाईँले सञ्चालन गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न र २१ गते सुखानी शहीद स्मृति दिवसका अवसरमा बिर्तामोडमा हुने सभालाई सम्बोधन गर्न झापा जानुहुने तय भएको नेकपा झापाका कार्यालय सचिव शिव ढुंगेलले जानकारी दिनुभएको छ ।


    आइतवार, फाल्गुण १६ २०७७०८:१८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij