Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

अधिवक्ता जोशी भन्छन् प्रधानमन्त्री पद खाली हुन यी चार कारण चाहिन्छन्

अधिवक्ता जोशी भन्छन् प्रधानमन्त्री पद खाली हुन यी चार कारण चाहिन्छन्

  • आइतवार, फाल्गुण १६ २०७७

  • 1.5K
    SHARES

  • अधिवक्ता जोशी भन्छन् प्रधानमन्त्री पद खाली हुन यी चार कारण चाहिन्छन्

    काठमाडौं । अधिवक्ता केशवराज जोशीले संसद्ले नयाँ प्रधानमन्त्री पाउनका लागि दुई वटा मात्र उपाय रहेको बताउनुभएको छ ।

    एक बहालवाला प्रधानमन्त्रीले राजीनामा दिनुपर्यो, दुई अविश्वासको प्रस्ताव पारित हुनुपर्यो उहाँले भन्नुभयो ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिवक्ता केशवराज जोशीले भन्नुभयोे, “प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पुस ५ गते दर्ता भइसकेकाले त्यसलाई फिर्ता गर्दा कुरा सर्वोच्चसम्म पुग्न सक्ने हुँदा दर्ता भइसकेको प्रस्ताव मै प्रक्रिया अघि बढ्नु पर्छ ।”

    संविधानमा अविश्वासको प्रस्ताव ल्याउन मिल्ने, पारित भएमा प्रधानमन्त्री पद खाली हुने र पारित नभएमा पुनः एक वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने व्यवस्था रहेको अधिवक्ता जोशीले जानकारी दिनुभएको छ ।

    उहाँले एक राष्टपतिसमक्ष राजीनामा दिएमा, दुई अविश्वासको प्रस्ताव पारित भएमा, तीन प्रतिनिधिसभाको सदस्य नरहेमा र चार बहालवाला प्रधानमन्त्रीको मृत्यु भएमा जस्ता चार वटा कारणले मात्रै प्रधानमन्त्री पद खाली हुने प्रष्ट पार्नुभयो ।


    आइतवार, फाल्गुण १६ २०७७०६:४६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij