Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

ओलीसँग एकताको कुनै सम्भावना छैनः माधव नेपाल

ओलीसँग एकताको कुनै सम्भावना छैनः माधव नेपाल

‘बालुवा पेलेर तेल निस्किनु र ओली सुध्रिनु एउटै’
  • शनिवार, फाल्गुण १५ २०७७

  • 808
    SHARES

  • ओलीसँग एकताको कुनै सम्भावना छैनः माधव नेपाल

    नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गर्नुभएको छ ।

    शिक्षक संगठनको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै नेपालले अहिले पनि वामदेव गौतमले केपी ओलीलाई सुधार्ने कोसिस गरिरहेको बाउनुभयो ।

    कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबभन्दा पहिला गौतमले नै मागेको उल्लेख गर्दै अहिले फेरि ओलीलाई सुधार्न उहाँले नै कोसिस गरिरहे पनि आफूले बालुवा पेलेर तेल निस्किँदैन तर पनि कोसिस गर्नुस् भनेको बताउनुभयो ।

    अध्यक्ष नेपालले अब केपी ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पार्नुभयो ।


    शनिवार, फाल्गुण १५ २०७७०६:४९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij