Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने सभामुख सापकोटाको विश्वास

संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने सभामुख सापकोटाको विश्वास

  • शनिवार, फाल्गुण १५ २०७७

  • 631
    SHARES

  • संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने सभामुख सापकोटाको विश्वास

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ ।
    आज चितवनमा पत्रकारहरुसँग कुराकानीमा उहाँले संसद् नियमित चल्ने बताउनुभयो ।

    संसद आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उहाँले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयोे,‘पहिले जसरी संसद् चलेको थियो । त्यही अनुसार संसद् चल्छ । अब दलहरुबीच छलफल र समझदारी हुन्छ ।’
    राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने उहाँको भनाइ छ ।

    राजनैतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्नेपनि उहाँले बताउनुभयो ।


    शनिवार, फाल्गुण १५ २०७७०६:४१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij