काठमाडौं । लाङटाङ लिरुङ हिमाल रसुवा जिल्लामा पर्छ । यो तिब्बतसँग जोडिएको एक सुन्दर हिमाली क्षेत्र हो ।

यो क्षेत्रमा लाङटाङ हिमालसँगै लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाइँकुण्ड जस्ता पर्यटकीयस्थल पनि रहेका छन् । यस क्षेत्रमा धेरै आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने गरेका छन् ।

यो हिमाल समुन्द्र सहतबाट सात हजार २३४ मिटरको उचाइमा रहेको छ ।