Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

खनालको स्पष्टोक्ति, ‘एमसिसी संसदबाट पास हुन्छ भनेर मैले कहीँ पनि भनेको छैन’ (विज्ञप्तिको पूर्णपाठसहित)

खनालको स्पष्टोक्ति, ‘एमसिसी संसदबाट पास हुन्छ भनेर मैले कहीँ पनि भनेको छैन’ (विज्ञप्तिको पूर्णपाठसहित)

  • शनिवार, फाल्गुण १५ २०७७

  • 1.2K
    SHARES

  • खनालको स्पष्टोक्ति, ‘एमसिसी संसदबाट पास हुन्छ भनेर मैले कहीँ पनि भनेको छैन’ (विज्ञप्तिको पूर्णपाठसहित)

    काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज करर्पोरेशन (एमसिसी) संसद्बाट पास हुन्छ भनेर कहीँकतै नभनेको बताउनुभएको छ । आफ्ना स्वकीय सचिव कृष्ण भट्टराईमार्फत खनालले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।

    स्वकीय सचिव भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै वेता खनाल कार्यदलले बुझाएको प्रतिवेदनअनुरूप परिमार्जन, संशोधनसहित एमसिसी पारित हुनुपर्छ भन्ने अडानमा रहेको स्पष्ट पार्नुभएको छ ।

    ‘केही अनलाइन तथा छापाहरूमा संसद्बाट मिलेनियम च्यालेन्ज कम्प्याम्ट अर्थात् एमसिसी पास हुन्छ भन्ने शीर्षक राखी समाचार समप्रेषण गरिएप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँको अडानलाई विचलित तुल्याउने गरी गरिएको यसप्रकारको हल्ला भ्रामक, कपोकल्पित दुरासयपूर्ण, निराधार पूर्णतः अफवाहमा आधारित छ ।

    यस्तो छ पूरा विज्ञप्ति :

    केही अनलाइन तथा छापाहरूमा संसद्बाट मिलेनियम च्यालेन्ज कम्प्याम्ट अर्थात् एमसिसी पास हुन्छ भन्ने शीर्षक राखी समाचार समप्रेषण गरिएप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

    पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसद् पुनःस्थापना भएपछि दिएका अन्तर्वार्तामा एमसिसी सदनबाट पारित गरिन्छ भन्नुभएको छैन उहाँँ एमसिसी कार्यदलले बुझाएको प्रतिवेदनअनुरूप परिमार्जन, संशोधनसहित पारित हुनुपर्छ भन्ने अडानमा हुनुहुन्छ । उहाँको अडानलाई विचलित तुल्याउनेगरी गरिएको यसप्रकारको हल्ला भ्रामक, कपोकल्पित, दुरासयपूर्ण, निराधार र पूर्णतः अफवाहमा आधारित छ । अहिलेको संसद् पुनःस्थापनासँग साइनो पनि नगाँसिएको एमसिसी पास हुन्छ भनेर भ्रम नफिँजाउन हामी सबैलाई सचेत गराउन चाहन्छौँ ।


    शनिवार, फाल्गुण १५ २०७७०२:५४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij