Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अलिफ र समीक्षाको ‘वनैमा मनैमा’ युट्युबको ट्रेन्डिङमा (भिडियोसहित)

अलिफ र समीक्षाको ‘वनैमा मनैमा’ युट्युबको ट्रेन्डिङमा (भिडियोसहित)

  • शनिवार, फाल्गुण १५ २०७७

  • 972
    SHARES

  • अलिफ र समीक्षाको ‘वनैमा मनैमा’ युट्युबको ट्रेन्डिङमा (भिडियोसहित)

    काठमाडौं । अलिफ खान र समिक्षा अधिकारीले स्वरमा रहेको गीत ‘बनैमा’ सार्वजनिक भएको २४ घण्टा मै युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । फ्रेब्रुअरी २५ मा द दिभाइन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरेको सो गीत अहिले युट्युबको ट्रेन्डिङ २६ मा रहेको छ ।

    पछिल्लोसमय सामाजिक सञ्जालहुँदै नेपाली संगीत जगतमा उदाएका गायक हुन् अलिफ । उनी र गायिका समीक्षाको स्वरमा रहेको नयाँ गीत वनैमा मनैमाले दर्शकको राम्रो साथ पाएको छ ।

    अर्जुन पोखरेलको संगीत र संगीत संयोजन रहेको उक्त गीतको मिक्सिङ र मास्टरिङ्ग भने साजन शाहले गरेका छन् । गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो ।

    विधान कार्कीको निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोमा भिजे तथा मोडल रञ्जित पौडेललाई अर्की मोडल समीक्षा पोखरेलले साथ दिएकी छिन् । त्यस्तै, अजयश्री मगरलाई चाहना बस्यालले भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् भने उत्सब दहालले खिचेका छन् ।

     


    शनिवार, फाल्गुण १५ २०७७०१:०५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij