काठमाडौं । संयुक्त राष्ट्र संघ (युएन)को कमिटी फर डेभलपमेन्ट पोलिसी (सिडिपी)ले नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ ।
अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको लागि कमिटीले पाँच वर्षको समयावधि दिने पनि निर्णय गरेको छ । यस अवधिमा नेपालले आवश्यक सबै मापदण्ड पूरा गर्नु पर्नेछ ।
यही फ्रेब्रुअरी २२ देखि २६ सम्म चलेको मूल्याङ्कनबाट सिडिपीले नेपाललाई विकासशिल राष्ट्रका लागि सिफारिस गरेको हो ।
नेपालले प्रतिव्यक्ति आय, मानव सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांकको मापदण्डमध्ये दुईवटा मापदण्ड पूरा गरेर स्तरोन्नतिका लागि योग्य भएको हो ।